थप १,५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ भदौ २९ गते १६:५३ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– बितेको २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोहि अवधिमा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us