अग्नि सापकोटाको मुखै हेर्न चाहँदैनन् केपी ओली

काठमाण्डु टुडे २०७८ भदौ २९ गते ६:३७ मा प्रकाशित

sf7df8f}F, !@ df3M
;efd’v kbdf gjlgjf{lrt ;fksf]6f
;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/ a;]sf] k|ltlglw;efsf] a}7saf6 ;efd’v kbdf lglj{/f]w lgjf{lrt ePkl5 ejgaf6 aflxl/g] qmddf clejfbg ub}{ clUgk|;fb ;fksf]6f . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाण्डु, २९ भदौ– सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गरेको छ ।

कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ । अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ ।

आइतबार पनि अवरोध गरेपछि सभामुख सापकोटाले एमाले नेताहरूसँग छलफल गरेका थिए । उनले अवरोध हटाउन आग्रह गरे । तर, सभामुखले गल्ती स्वीकार गरेर १४ जनालाई कारबाहीको सूचना ननिकालेसम्म अवरोध कायमै राख्ने एमालेले अडान राख्यो ।

‘१४ जनालाई पदमुक्त गर्न ढिला भएकोमा माफी माग्दै सभामुखज्यूले सूचना प्रकाशित नगरेसम्म संसद् अवरोध कायमै राख्ने जानकारी गरायाैं,’ प्रमुख सचेतक विशाल भट्टराईले भने । भट्टराईसहित सचेतक शान्ता चौधरी र खगराज अधिकारीले सभामुखसँग छलफल गरेका थिए ।

‘हामीले सभामुखसँग अतिरिक्त माया खोजेको होइन, समान व्यवहार गर्नुहोस् भनेर स्मरण गरायौं,’ भट्टराईले भने, ‘उहाँको व्यवहार सभामुखको जस्तो भएन भन्ने हाम्रो भनाइ हो ।’ सभामुख सापकोटाले आफूले निष्पक्ष र तटस्थ नै भूमिका निर्वाह गरिरहेको जवाफ दिएका थिए ।

छलफलमा सहभागी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शीर्ष तहमै संसद् खुलाउनेबारे छलफल गर्न सभामुख सापकोटालाई सुझाएका थिए । एमालेका नेताहरूसँग सहमति नजुटेपछि सापकोटाले सोमबार शीर्ष नेताको बैठक बोलाएका छन् ।

सोमबार दिउँसो २:३० मा प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।  अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us