माधव नेपालको दलद्वारा मुख्यमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता

काठमाण्डु टुडे २०७८ भदौ २९ गते ६:२१ मा प्रकाशित

काठमाण्डु, २९ भदौ–  बागमती  प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी   शाक्य   नेतृत्वको   सरकार   अल्पमतमा परेको छ  ।

एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत  समाजवादी)  ले  समर्थन  फिर्ता  लिएसँगै एमाले  उपाध्यक्षसमेत   रहेकी   शाक्य   नेतृत्वको सरकार औपचारिक रूपमा अल्पमतमा परेको हो ।

एकीकृत समाजवादीले आइतबार प्रदेशसभा सचिवलाई पत्राचार गर्दै शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएको छ । प्रदेशसभा सचिवालयमा आइतबार बसेको एकीकृत समाजवादीको  पहिलो  बैठकले  शाक्य  नेतृत्वको सरकारलाई  समर्थन  नदिने  निर्णय  गरेको  हो ।

प्रदेशसभा  सचिवलाई  पठाइएको  पत्रअनुसार निर्वाचन आयोगबाट  संसदीय  दलको  मान्यता  प्राप्त  एकीकृत समाजवादीका  १३  जना  प्रदेश  सभाका  सदस्य छन ।

बागमती  प्रदेश  सरकारका  मुख्यमन्त्री  अष्टलक्ष्मी शाक्यको  नेतृत्वको  सरकारलाई  यस  दलको  समर्थन नभएको  जानकारी  गराउने  निर्णय  गरेको  हुँदा  आजैका मितिदेखि समर्थन नभएको जानकारी गराउन चाहन्छु भनी संसदीय  दलका  नेता राजेन्द्रप्रसाद  पाण्डेले  प्रदेश सभा सचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us