काठमाण्डु, २५ भदौ– प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदहरूले प्रतिनिधि सभा बैठकमा आज पनि अवरोध गरेका छन्। अहिले उनीहरूले बैठकमा नाराबाजी नाराबाजी र अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि रोकेका छन् ।
बैठकको सुरुवातमै सभामुखको आशन अगाडि पुगेर नाराबाजी थालेका एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका हुन् ।
यसअघि उनीहरूले बुधबारको बैठकमा पनि अवरोध गरेका थिए।