काठमाण्डु, २५ भदौ– सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको बताएका छन्
शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकको सुरुमै देउवाले आफू मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको भन्दै नाम दिन नेताहरुलाई आग्रह गरेका थिए ।
मन्त्रालयगत रुपमा छलफल नभएपनि देउवाले मन्त्रीको नाम मागेपछि गठबन्धन बैठक साँझ ६ बजे पुनः बस्नेगरी टुंगिएको उनको भनाइ छ ।