बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाण्डु टुडे २०७८ भदौ १७ गते १७:२७ मा प्रकाशित

बुम्बइ, १७ भदौ– बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ ।

हृदयघातका कारण ४० बर्षको उमेरमा उनको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।

उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । त्यस्तै उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us