थप १६६४ जनामा कोरोना संक्रमण, २० को मृत्यु

काठमाण्डु टुडे २०७८ भदौ १५ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– बितेको २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ ।

यस्तै कुल संक्रमित पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५०५ जना पुगेका छन् । संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us