नारायणी नदीको पुलबाट हामफालेर एक जना बेपत्ता

रासस २०७८ भदौ ८ गते १४:३२ मा प्रकाशित

भरतपुर, ८ भदौ–  भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०/४५ वर्षीय  एक जना बेपत्ता भएका छन् ।

विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

उनले ती व्यक्ति हामफालेको स्थान  नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us