माधव नेपाल र राष्ट्रपतिबीच शीतल निवासमा भेटवार्ता

काठमाण्डु टुडे २०७८ भदौ ७ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारी र अध्यक्ष नेपालबीच सोमबार दिउँसो राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको हो। शीतल निवास स्रोतका अनुसार उनीहरुबीच झण्डै दुई घण्टा कुराकानी भएको छ।

केपी ओलीसँग पार्टी एकताका लागि समझदारी नबन्दा नेता नेपालले एमाले फुटाएर आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us