अष्टलक्ष्मी भन्छिन्ः माधव नेपाललाई धोका दिएको छैन

काठमाण्डु टुडे २०७८ भदौ ५ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– एमाले नेतृ एवं बागमति प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यले आफू केपी ओली र माधव नेपालको सहयोगमा मुख्यमन्त्री नियुक्त भएको बताएकी छन् ।

एमाले काठमाण्डु–रामेछाप सम्पर्क कमिटीले शनिबार राजधानीमा गरेको कार्यक्रममा शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताइन् । अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति पालना गर्ने बित्तिकै पार्टी एकता हुने उल्लेख गरिन् । पार्टी एकता कमजोर हुने काम कसैले गर्न नहुने उनको भनाइ थियो ।

शाक्यले आफू नेपाल–ओली दुवैको साझा सहयोगमा मुख्यमन्त्री बनेको तर, नेपाल पक्षका नेता कार्यकर्ताले धोका दिएको भन्दै हिंडेको चर्चा गर्दै दुःख व्यक्त गरिन् । ‘म केपी ओली र माधव नेपालको सहयोगमा मुख्यमन्त्री भएको हुँ’, शाक्यले भनिन्, ‘माधव नेपाललाई धोका दिएको चर्चा भइरहेको छ, यसरी पार्टी एकता बलियो हुँदैन ।’

उनले माधव नेपालको साथ आफूले नछाडेको जिकिरसमेत गरिन् । ‘लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भन्ने कुरा भइरहेको छ, यो गलत कुरा हो’, उनले भनिन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us