
काठमाण्डु, २ भदौ– बागमति प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंबाट बुधबार साँझ पद तथा गोपनियताको सपथ लिएलगत्तै शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी हुन् । एमाले प्रदेशसभा सदस्यहरु केशवराज पाण्डे आन्तरिक मामिला तथा कानून र कृष्ण खनाल सामाजिक विकासमन्त्री नियुक्त भएका छन् ।
पाण्डे डोरमणि पौडेल नेतृत्वको सरकारमा पनि आन्तरिक मामिला तथा कानूनमन्त्रीकै जिम्मेवारीमा थिए ।