माधव नेपालका सम्धीले ओलीलाई साथ दिएपछि…

काठमाण्डु टुडे २०७८ भदौ २ गते १८:४८ मा प्रकाशित

काठमाण्डु, २ भदौ– एमाले नेता सोमप्रसाद पाण्डे नवगठित एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका साखै सम्धी हुन् ।

पाल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पाण्डे पटकपटक मन्त्री भए । धेरैलाई लागेको थियो कि एमाले विभाजनमा पाण्डेले सम्धीलाई साथ दिनेछन् । तर, ठीक उल्टो पाण्डे केपी ओली नेतृत्वको मुलधारकै एमालेमा बसेका छन् ।

एमाले वृत्तमा पाण्डे नेता विष्णु पौडेलका ‘खास मान्छे’ का रुपमा चिनिन्छन् । पौडेल ओली समूहका खम्बा हुन् । छिमेकी जिल्ला रुपन्देहीका पौडेल र पाल्पाका पाण्डेबीच लामो राजनीतिक र भावनात्मक सम्बन्ध छ ।

त्यसैले पाण्डे सम्धीलाई साथ नदिई मुलधारमै बसेका हुन् । उनले लगातार एमाले एकताको पक्षमा प्रयास गर्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us