काठमाण्डु, २ भदौ– नेकपा एमाले समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले एकताबद्ध नेकपा एमाले नै चाहने बताएकी छन् ।
तर एमाले समाजवादी दर्ता गर्नू बाध्यताको उपज भएको बताइन् । बुधबार निर्वाचन आयोगमा एमाले समाजवादी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी एकताको ढोका बन्द नभएको बताइन्
उनले भनिन्, ‘एउटै पार्टीमा पनि के एकता ? बल्ल दुईटा पार्टी भयो अब पो एकताको आधार तयार भयो । दुईटा पार्टीको स्टाटसमा एकताको सम्भावना त जहिले पनि रहन्छ ।
निर्वाचन अगाडि, निर्वाचन पछाडि, तत्काल वा एक महिनापछि वा दुई महिनापछि जहिले पनि सम्भावना रहन्छ । हामी एकताबद्ध नेकपा एमाले नै चाहन्छौँ तर एमाले समाजवादी दर्ता गरेपनि यो हाम्रो बाध्यताको उपज हो ।’