लुम्बिनी प्रदेशसभाको बैठक एमालेले ग¥यो अवरोध

काठमाण्डु टुडे २०७८ भदौ १ गते १६:०१ मा प्रकाशित

रुपन्देही, १ भदौ– लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो ।

सांसद अजय बहादुर शाही र विमला वलीको बिषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो । दिउँसो १ बजेको लागि डाकिएको बैठक विवादका कारण साढे दुई शुरु भएको थियो । आजको बैठकमा सभामुख पुर्ण बहादुर घर्तीले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउँदै भोलि १ बजेसम्म स्थगित गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us