अफगानिस्तानबाट एक सय २७ जना नेपाली आइपुगे काठमाडौं

काठमाण्डु टुडे २०७८ भदौ १ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, १ भदौ– अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन्।

अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो।

उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए। तीमध्ये १२६ जना पुरूष र एक जना महिला छन्।

उनीहरूलाई नेपाल सरकारको प्रोटोकलअनुसार सेनाको आइसोलेसन सेन्टरमा राख्न लागिएको छ । उनीहरूको आजै एन्टिजेन्ट परीक्षण गर्ने र स्वास्थ्य प्रोटोकलअनुसार होम आइसोलेसनमा पठाइने छ । बाँकीलाई त्यहीँ आइसोलेसनमा राखिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us