ओलीप्रति नरम भए माधव नेपाल

काठमाण्डु टुडे २०७८ साउन २४ गते ७:०१ मा प्रकाशित

काठमाण्डु, २४ साउन– एमाले वरिष्ठ नेता माधव नेपालले आफूले उठाएको प्रतिनिधिसभा पुनस्र्थापनालगायत महत्त्वपूर्ण राष्ट्रिय अजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन् ।

प्रतिनिधिसभा पुनःस्थापना भए पनि फागुन २८ पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका उनी विवाद निरुपणमा भने सशक्त रुपमा उत्रिन सकेका छैनन् ।  पार्टीको आन्तरिक विवाद निरुपण गर्न आफूनिकट नेताहरुसँग निरन्तर छलफल चलाइरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षसँग परोक्ष रुपमा संवाद प्रक्रिया पनि अघि बढाएका छन् । तर, अझै मिलनबिन्दु भेटिएको छैन ।

पार्टी विवाद मत्थर नभएसम्म संघर्ष गर्नुको विकल्प पनि उनीसँग छैन । नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले उनलाई पार्टीभित्रै संघर्ष गर्न सुझाएका छन् । सुझावप्रति नेपाल लचिलो देखिएका छन् ।

नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us