भ्रष्टाचार आरोपमा एमाले नेतालाई पक्रिए देशमा आगो बाल्छौंः बस्नेत

काठमाण्डु टुडे २०७८ साउन ९ गते २१:३२ मा प्रकाशित

काठमाण्डु, ९ साउन–एमाले नेता महेश बस्नेतले भ्रष्टाचारको आरोपमा कोही एमालेलाई सरकारले पक्राउ गरे देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।

एमाले केपी ओली समूहको लडाकु दस्ता युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्दै बस्नेतले एमाले फुटाउने गरी अध्यादेश ल्याए, ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरे तथा एमाले नेतालाई भ्रष्टाचारको आरोपमा पक्राउ गरे आगो बाल्ने चेतावनी दिएका हुन् ।

बस्नेतले ओली सरकारले अध्यादेश ल्याउँदा लोकतन्त्रको दुहाई दिने काँग्रेसले एमाले फुटाउने अध्यादेश ल्याउन लागेको दाबी उनको थियो । बस्नेतले राष्ट्रपति विद्या भण्डारीविरुद्ध महाअभियोग ल्याउने तयारीमा सत्तारुढ गठबन्धन रहेको भन्दै उनले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

ओली सरकारका कामलाई निरन्तरता नदिए युथ फोर्सले प्रतिरोध गर्ने उनले बताए । यस्तै सरकारले पुरक बजे र नीति तथा कार्यक्रम ल्याउने, मन्त्रिपरिषदको संख्या बढाउन संविधान संशोधन गर्ने प्रयास भए चुप लागेर नबस्ने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us