स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ, यसको कुनै अर्थ छैनः माधव समूह

काठमाण्डु टुडे २०७८ साउन ६ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षले स्पष्टीकरण सोधेर पार्टी एकतामा झन् भाँजो हाल्ने काम भएको निष्कर्ष निकालेको छ । आज काठमाडौंको बुद्धनगरमा बसेको बैठकमा भएको छलफलमा पार्टी एकतामा जोड दिएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए ।

‘एकता प्रक्रिया अगाडी बढाउनुपर्छ र एकतामा जोड दिनुपर्छ भन्ने सवैको भनाई रह्यो’, बैठकपछि पन्तले बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पष्टीकरण सोध्ने र बरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउने लगायतका विषय तत्काल रोक्न प्रस्ताव पास गरेको छ ।

‘स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ । यसको कुनै अर्थ छैन’, माधव पक्षले भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us