ढुंगा, गिटी बेच्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाण्डु टुडे २०७८ असार ४ गते १७:०८ मा प्रकाशित

काठमाण्डु, ४ असार– सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदनको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ सम्मिलित इजलास गठन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us