भारतबाट नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

रासस २०७८ जेठ २८ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, २८ जेठ– भारतले नेपाली सेनालाई कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई  सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु श्यया, पिपिई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । सो अवसरमा प्रधानसेनापति थापाले  राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us