एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ

काठमाण्डु टुडे २०७८ जेठ २७ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– काठमाडौं महानगरपालिका–५ स्थित भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन् ।

बुधबार राति उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us