माधव छोडेका गणेशले पाए मन्त्री पद

काठमाण्डु टुडे २०७८ जेठ २७ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– एमाले विवादमा खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओली खेमामा लागेका सिन्धुलीका गणेश पहाडीले मन्त्री पद पाएका छन् । प्रधानमन्त्री ओलीले पहाडीलाई समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा ओलीले पहाडीलाई महत्त्वपूर्ण मानिने मन्त्रालय सामान्य प्रशासनको जिम्मेवारी दिएका छन् ।

पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लागेका थिए । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us