कोरोनाबाट अहिलेसम्मकै धेरैको मृत्यु, ९ हजार २ सय संक्रमित थपिए

काठमाण्डु टुडे २०७८ जेठ ३ गते १८:२१ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै धेरै हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ । यसअघि शनिबार १ सय ८७ आइतबार १ सय ४५ को ज्यान गएको थियो । यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२१ हजार ६ सय ५३ को पीसीआर परीक्षण गर्दा ९ हजार १ सय ९८ जना ४ सय ३४ एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमितको कूल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको र तीमध्ये सक्रिय संक्रमित संख्या १ लाख १३ हजार ४ सय ८० रहेको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५ सय १० जना होम आइसोलेसन र ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेसनमा छन् । एक हजार २ सय ५९ जनाको आईसीयू र ४ सय जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सोमबार सबैभन्दा बढी काठमाण्डुमा २ हजार ३ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कैलालीमा ७ सय ४२, मोरङमा ४ सय ६९, ललितपुरमा ४ सय ५४, कास्कीमा ४ सय ३४, रूपन्देहीमा ४ सय १३, बाँकेमा ३ सय ७८, बर्दियामा ३ सय १३, सुनसरीमा ३ सय जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा २ सय ९८, धनुषामा २ सय ३२, कञ्च नपुरमा २ सय १८, सुर्खेतमा १ सय ९६, झापामा १ सय ७४, दाङमा १ सय ३७, महोत्तरीमा १ सय ३० र मकवानपुरमा १ सय २४, सप्तरीमा १ सय २१, पर्सामा ९८, पाल्पामा ९४, काभ्रेपलाञ्चोकमा ९१, स्याङजामा ८५, रौतहटमा ७६, नुवाकोटमा ७५, चितवनमा ६७, गोरखामा ६५, संखुवासभामा ६४, धनकुटामा ६३, पर्वतमा ६०, इलाममा ५९, सिन्धुपाल्चोकमा ५८, म्यातग्दीमा ५७, रामेछापमा ५४, लमजुङमा ४८, जाजरकोटमा ४६, गुल्मीमा ४४, सिन्धुलीमा ३६, दैलेख र डडेल्धुरामा ३५÷३५, डोटीमा २९, तनहुँ र नवलपरासी पश्चिलममा २८÷२८, बारामा २७, सल्याानमा २३, पाँचथर र सर्लाहीमा २१÷२१, कपिलवस्तुमा २०, तेह्रथुम र सिरहामा १९र१९ जना, खोटाङमा १७, अर्घाखाँची र रूकुम पश्चिीममा १६र१६, धादिङमा १५, कालिकोटमा १३, ओखलढुंगा, अछाम र दार्चुलामा १२र१२, ताप्लेजुङमा ९, नवलपरासी पूर्वमा ८, उदयपुर, बागलुङ र जुम्लामा ७र७, दोलखामा ४, सोलुखुम्बु र प्युरठानमा ३र३, भोजपुर, मनाङ, रोल्पा, बाजुरा र बैतडीमा २र२ तथा मुस्ताङ, मुगु र बझाङमा १र१ कोरोना संक्रमित थपिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us