कोरोनाबाट गाउँपालिकाका प्रशासकीय अधिकृतको मृत्यु

काठमाण्डु टुडे २०७८ जेठ ३ गते १६:५० मा प्रकाशित

झापा, ३ जेठ– झापाको अर्जुनधारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ ।

खाम्याहाङको वितामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । गत १० वैशाखमा कोरोना पुष्टि भएका खाम्याहाङको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

वैशाख १७ मा अस्पता भर्ना गरिएका उनको लामो उपचारपछि पनि स्वास्थ्यमा सुधार नभएको अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us