थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि, १४५ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ जेठ २ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, २ जेठ– पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।
यस्तै आज संक्रमणका कारण १४५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us