थप ९३०५ मा संक्रमण पुष्टि, ४ हजार बढी निको

काठमाण्डु टुडे २०७८ वैशाख २९ गते १६:३८ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख– पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।

सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us