चौलागाईँको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाण्डु टुडे २०७८ वैशाख २९ गते १५:५२ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख– बागमती प्रदेशसभा सदस्यै तथा दोलखा निवासी पशुपति चौलागाइको निधनमा नेकपा एमालेले केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने भएको छ ।

पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत दोलखा निवासी चौलागाइको निधनप्रति दुःख व्यक्त गर्दै वैशाख २९ गतेदेखि तीनदिनसम्मा पार्टी केन्द्रीय कार्यालयसहित जिल्ला पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिने जनाइएको छ ।

कोरोना संक्रमणबाट मंलबार साँझ निधन भएका एमाले नेता चौलागाइको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us