न्यायमा सहज पहुँच सुनिश्चित हुनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते १५:०० मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् । कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

आइतबार अपराह्न ट्वीट गर्दै राष्ट्रपति भण्डारीले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us