बागलुङमा घरको छतबाट खसेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते १२:४० मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– बागलुङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको खर्बाङमा घरको छतबाट खस्दा आइतबार एक जनाको ज्यान गएको हो । छतबाट खसेर बडिगाड गाउँपालिका–२, दनिया निवासी ३९ वर्षीय रन बहादुर रानाको मृत्यु भएको हो ।

छिमेकी दीपु केसीको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टरमार्फत पोखरा पठाउने तयारी भैरहेका बेला ज्यान गएको हो । गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमतीसहित २ छोरा र १ छोरी रहेका छन् ।

विज्ञप्तिमा भेन्टिलेटरमा उपचाररत दश सङ्क्रमित मध्ये ८ जना आजदेखि भेन्टिलेटर मुक्त हुने र अन्य दुईजना पनि खतरामुक्त रहेका जनाइएको छ । अस्पतालले हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us