प्रधानमन्त्री ओलीको कोरोना परीक्षण

काठमाण्डु टुडे २०७८ वैशाख २४ गते २१:१३ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– प्रधानमन्त्री केपी ओलीको कोरोना परीक्षण गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै शुक्रबार ओलीले पीसीआर परीक्षणका लागि स्वाब दिएका हुन् । ओलीले विश्वासको मत लिन चाहेपछि राष्ट्रपति विद्या भण्डारीले २७ वैशाखका लागि संसदको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

संसद सचिवालयले बिहीबार र शुक्रबार बैठकमा सहभागी हुने सांसद, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीको पीसीआर परीक्षण गरेको छ । बालुवाटारमा ओलीसहित परिवारका सदस्य, नीजी र स्वकीय सचिवालय तथा सुरक्षाकर्मी गरी एक सय बढीको पीसीआर परीक्षण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us