कैलालीमा ५ जना संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २२ गते १७:५९ मा प्रकाशित

कैलाली, २२ वैशाख– सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार उपचारको क्रममा अस्पतालमै उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–८का ५८ वर्षीय पुरुष, शुक्लाफाँटा–१० कञ्चनपुरका ३६ वर्षीय पुरुष, नवदुर्गा–३ डडेल्धुराका ५३ वर्षीय पुरुष, गोदावरी–३ का ६४ वर्षीय पुरुष र धनगढी–२ का ७२ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी पीसीआर परीक्षण गरेका १८५ जनामध्ये १८५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । तीमध्ये धनगढी उपमहानगरपालिकाका ५५ पुरुष र ३२ महिला रहेको श्रेष्ठले बताए ।
संक्रमित हुनेमा कैलाली बाहेक अन्य जिल्लाका १७ पुरुष र १७ महिला छन् ।

परीक्षण गरिएकामध्ये ६४ जनामा भने नेगेटिभ आएको उनले बताए । अस्पतालमा उपचारका लागि ५० जना भर्ना भएका छन् भने तीमध्ये ३ जना भेन्टिलेटरमा छन् । यस्तै, आईसियुमा ११, अक्सिजन सपोर्टमा २८ जना र सामान्य अवस्थामा ८ जना रहेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us