गुल्मीमा थप एक संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २२ गते १०:३८ मा प्रकाशित

गुल्मी, २२ वैशाख– गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–७ जुनियाका ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय गुल्मीका फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए । उनका अनुसार उनको वैशाख २० गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

हिजो राति जोहाङ्ग्को आइसोलेसनमा उपचार गर्न ल्याउने क्रममा बाटैमा मृत्यु भएको सत्यवती गाउँपालिका उपाध्यक्ष सुवर्ण शाही शेरचनले बताइन् । योसहित सो गाउँपालिकामा कोरोना संक्रमणबाट दुई जना पुरुषको ज्यान गएको छ ।

जिल्लाभर दोश्रो लहरमा १२ जनाको र यस अघि १३ सहित २५ जनाको मृत्यु भएको कार्कीले बताए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us