गायक प्रशान्त तामाङलाई मातृशोक

काठमाण्डु टुडे २०७८ वैशाख १४ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, १४ बैशाख–  चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ।

उनकी आमा रूपा तामाङको दार्जिलिङको एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ।सामाजिक सञ्जालमा प्रशान्तले आमा गुमाउनु आफ्ना लागि लामो समयसम्म पीडा हुने उल्लेख गरेका छन्।

कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन्। उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो।
‘ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । त्यसयता आधा दर्जन नेपाली चलचित्रमा काम गरे।

नारायण रायमाझीकै निर्देशनमा बनेको ‘परदेशी’ प्रशान्तको अर्को हिट चलचित्र हो । त्यस्तै उनको पछिल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्शनका लागि तयार छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us