नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै ओली र नेपाल

काठमाण्डु टुडे २०७८ वैशाख ९ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, ९ बैशाख– नेकपा एमालेभित्रको विवाद मिलाउन दुई दिनयता छलफलमा जुटेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको पछिल्लो तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक तस्विरअनुसार ओली र नेपालले सँगै नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै गरेको देखिन्छ ।

दुबै नेताले वार्ता स्थल होटल मेरियटबाट धराहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।
एमालेभित्रको विवाद फुटउन्मुख भएको बेला दुई नेताबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us