माओवादीले सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा लियो फिर्ता

काठमाण्डु टुडे २०७८ वैशाख २ गते १४:५४ मा प्रकाशित

पोखरा, १ बैशाख– नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ ।काँग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।

माओवादी गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा माओवादीसँग यसअघि भएको सम्झौता उलंघन गरेकाले आजकै मितिदेखि समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।

सो लगत्तै काँग्रेस, माओवादी, जसपा र जनमोर्चा लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us