लागु औषधसहित एक युवक पक्राउ

काठमाण्डु टुडे २०७७ चैत २९ गते १८:०० मा प्रकाशित

काठमाण्डु, २९ चैत– काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले झापाको विर्तामोड–७ घर भएका ३३ वर्षीय लखन मुर्मुलाई पक्राउ गरेको हो ।

झापाबाट काठमाडौं आउँदै गरेको बा.७ ख ६३८ नम्बरको बसमा आएका लखनले झोलामा लुकाएर सो लागुऔषध ल्याएका हुन् । लखनको साथबाट लागुऔषध फेनारगन ५ सय एम्पुल र लुपिजेसिक ५ सय एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीमाथी लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us