ओलीले ‘झगडिया’ भनेका सभामुख सापकोटा बालुवाटारमा

काठमाण्डु टुडे २०७७ चैत १५ गते १४:५१ मा प्रकाशित

काठमाण्डु, १५ चैत– प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच आइतबार भेटवार्ता भएको छ ।

ओली भेट्न सापकोटा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सभामुखको सचिवालयका अनुसार उनीहरुबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।

नेकपा विवाद चर्किएसँगै कार्यपालिका प्रमुख ओली र व्यवस्थापिका प्रमुख सापकोटाबीच सम्बन्ध तिक्तातापूर्ण बनेको थियो । सापकोटाले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको सिफारिस असंवैधानिक भन्दै सर्वोच्च अदालतमा फरक–फरक रिट दायर गरेका थिए ।

सोही विषयलाई लिएर ओलीले सापकोटामाथि सार्वजनिक रुपमै ‘झगडिया’ को आरोप लगाउँदै आएका थिए । श्रोतका अनुसार प्रधानमन्त्री र सभामुखबीच संसदमा विचाराधीन विधेयक र अध्यादेश प्रक्रियामा लैजाने विषयमा कुराकानी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us