नेपाल समूहका नेताहरु अन्तरिक छलफलमा

काठमाण्डु टुडे २०७७ चैत ११ गते १८:३२ मा प्रकाशित

काठमाण्डु, ११ चैत– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पार्टी नेतृत्वले तीन दिनभित्र स्पष्टीकरण सोधेपछि नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका हुन् ।

मनमैजुस्थित एक नेताको घरमा बुधबार विहानबाटै छलफल भइरहेको स्रोतले बताएको छ । छलफलमा स्पष्टीकरणको जवाफ तयार पार्नुका साथै आगामी रणनीति समेत बनाउने बाताइएको छ ।

अध्यक्ष ओपी शर्मा ओली पक्षका नेताहरु मात्र उपस्थित भएको ७ चैतमा बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us