हाम्रो सामर्थ्यले मात्र भेटेन विदेशी लगानी भित्राएर जानुपर्छः कृषिमन्त्री अर्याल

काठमाण्डु टुडे २०७७ चैत ९ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, ९ चैत– कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडीआई’ आवश्यक रहेको बताएकी छन् ।

खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

नेपालले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र विदेशी लगानी लागु गर्न आवश्यक रहेको उनको भनाइ थियो । ‘हाम्रो सामर्थ्यले मात्र भेटेन भने कृषि क्षेत्रमा विदेशी लगानी भित्राएर जानुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘तर हामीलाई नोक्सान नहुने र हाम्रा किसानहरुलाई पनि प्रोत्साहन हुनेगरी जानुपर्छ ।

वैदेशिक लगानीका सन्दर्भमा चिन्ता गर्नु राम्रो कुरा हो तर धेरै आशंका गरेर विकास कामहरु रोक्ने कुरा राम्रो होइन ।’ कृषिमा विदेशी लगानी बारेमा चिन्ता गर्नु राम्रो भए पनि धेरै आशंका गरेर कृषि क्षेत्रको विकास रोक्नु गलत भएको उनको भनाइ थियो । मन्त्री अर्यालले वैदेशिक लगानीका सन्दर्भमा दस्ताबेजहरु अध्ययन गरेर उचित कार्यविधि बनाउनतर्फ सबैको चासो र चिन्ता हुनुपर्ने समेत बताइन् ।

सरकारले साना किसानलाई मार्नेगरी विदेशी लगानी भित्र्याएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको मन्त्री अर्यालको भनाइ थियो । कृषिमा विदेशी लगानी बारेमा चिन्ता गर्नु राम्रो भए पनि धेरै आशंका गरेर कृषि क्षेत्रको विकास रोक्नु गलत भएको उनको भनाइ थियो ।

मन्त्री अर्यालले वैदेशिक लगानीका सन्दर्भमा दस्ताबेजहरु अध्ययन गरेर उचित कार्यविधि बनाउनतर्फ सबैको चासो र चिन्ता हुनुपर्ने समेत बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us