
विराटनगर, ५ चैत– काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिने बताएका छन् ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कोइरालाले १० दिनभित्र अविश्वास प्रस्ताव दर्ता हुने बताए । माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा काँग्रेसले सरकार बनाउने उनको भनाइ थियो ।
‘माओवादी केन्द्र र जसपाको समर्थनमा हाम्रो नेतृत्वमा सरकार बनाउँछौं’, कोइरालाले भने, ‘अब हत्ता १० दिनमा केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन्छ ।’
फरक प्रसंगमा कोइरालाले ओली सरकारलाई भने कुनै हालतमा विश्वासको मत दिन नसकिने प्रष्ट्याए ।