एमालेद्वारा २७ सदस्यीय संसदीय बोर्ड गठन, माधव र झलनाथ पनि सदस्य

काठमाण्डु टुडे २०७७ चैत ५ गते १४:२२ मा प्रकाशित

काठमाण्डु, ५ चैत– एमाले संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको दल बैठकले प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी ओलीको नेतृत्वमा बोर्ड गठनको निर्णय गरेको हो । असन्तुष्ट माधव नेपाल पक्षका सांसदले भने बैठक बहिस्कार गरेका थिए ।

तर, बोर्डमा नेता नेपाल र झलनाथ खनालसहित सो पक्षका केही सांसदलाई पनि सदस्य राखिएको छ । बोर्डमा चाहेको निर्णय गर्न सक्ने गरी ओलीले बहुमत सदस्य आफू पक्षधर सांसदलाई राखेका छन् ।

बोर्डका अन्य सदस्यमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमेख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक, सुमन प्याकुरेल, विमला राई पौडेल, डा. बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनि राना, मोहन बानियाँ र राजेन्द्र राई छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us