नेपाल पक्षकी सांसद चौधरी झुक्किएर बालुवाटार पुगेपछि…

काठमाण्डु टुडे २०७७ चैत ५ गते १४:१० मा प्रकाशित

काठमाण्डु, ५ चैत– खनाल–नेपाल पक्षकी सांसद गंगा चौधरी झुक्किएर बालुवाटार पुगेकि छन् ।

बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा पुगेलगत्तै फर्किएकी उनले आफु त्यहाँ झुक्किएर पुगेको दाबी गरेकी हुन् । उनले भनिन्ः ‘दलको बैठकमा नेताहरुले जाने नजाने भन्ने कुरा निश्चित नगरी झुक्याउँदा बालुवाटार पुगेँ ।’

सांसद चौधरीले नेताद्वय झलनाथ खनाल र माधव नेपालप्रति आक्रोश समेत व्यक्ति गरिन् । सांसद चौधरी बालुवाटारबाट फर्किएलगत्तै झलनाथ खनाल–माधव नेपाल समूहले सानेपामा आयोजना गरेको छलफल कार्यक्रममा पुगेकी छिन् ।

चौधरीले आफु खनाल नेपाल पक्षमै रहेको दाबी गरेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us