
कैलाली, ४ चैत– कैलालीको गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा भेटिएका प्रहरी निरिक्षक (असई)सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुस्कर भट्टसहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बाताएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीय डबल चन्द, सोही ठाउँका ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी–५ बस्ने ४० वर्षीय टेक बहादुर विष्ट र कन्चनपुर भिमदत्त नगरपालिका–४ का ३७ वर्षीय सन्तोष चन्द रहेका छन् ।
जुवाखालबाट प्रहरीले ३ लाख ३४ हजार नगद बरामद गरेको छ । भट्ट कैलालीको धनगढी उपमहानगरपालिका–७ का स्थानीय हुन् ।