विरगञ्जमा इँटा उद्योगका सञ्चालक भट्टामा परेर गम्भीर घाइते

काठमाण्डु टुडे २०७७ चैत ३ गते १२:२५ मा प्रकाशित

विरगञ्ज, ३ चैत– पर्सामा एकजना व्यक्ति इँटा भट्टामा परेर गम्भीर घाइते भएका छन् । सखुवा पर्साैनी गाउँपालिका–२ का ५० वर्षीय कलाम मियाँ अफ्नै उद्योगको भट्टामा परेर घाइते भएका हुन् । वीरगञ्ज महानगरपालिका–३१ बेलवामा रहेको केबी आई इँटा उद्योगका सञ्चालक पनि हुन् ।

उनको शरीरको ५० प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

उनलाई नारायणी बयोध अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि काठमाडौं ल्यइदैछ । उनी भट्टा हेर्न गएको बेला त्यही खसेको प्रहरीको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us