गुल्मीमा आयुर्वेद सेवा केन्द्र विस्तार

काठमाण्डु टुडे २०७७ चैत २ गते १३:४६ मा प्रकाशित

गुल्मीु, २ चैत– गुल्मीको सदरमुकाम तम्घास बजार क्षेत्रमा आयुर्वेद सेवा केन्द्र विस्तार गरिएको छ ।

आज सोमबार रेसुंगा नगरपालिका नगर प्रमुख डिल्लीराज भुसालले सेवा केन्द्र विस्तारको सुरुवात गरेका छन् । रेसुंगा नगरपालिका–९ मा रहेको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको सेवालाई तम्घासको लाकुरी मञ्चमा विस्तार गरिएको हो ।

केन्द्रमा उपचारका लागि आउने बिरामीहरुलाई निःशुल्क जाँच तथा औषधि वितरण गरिने गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर अर्चना सुक्लाले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us