प्रचण्डले भनेः मोहन वैद्य र विप्लवसँग मिलेर लड्न तयार छु

काठमाण्डु टुडे २०७७ फागुन २७ गते १८:५६ मा प्रकाशित

काठमाण्डु, २७ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धका विभिन्न धारलाई एकीकृत गरिने बताएका छन् ।

नुवाकोट जिल्ला विकास समितिका पूर्वसभापति एवं माओवादी जनयुद्धका शहीद भरतप्रसाद ढुंगानाको स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रममा बिहीबार प्रचण्डले सबै एकआपसमा नजिक भएको र त्यसका लागि वातावरण बन्दै गएको बताए । कार्यक्रममा प्रचण्डभन्दा अघि बोलेका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता दिनेश शर्मा र विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा (बिरही) ले प्रचण्डमाथि औंला ठड्याएका थिए । त्यसको जवाफमा प्रचण्डले सबै एकै ठाउँमा उभिनुको विकल्प नरहेको बताए । उनले आफूले गरेका राम्रो कामको चर्चा नगर्ने तर, गर्न खोज्दा खोज्दै नभएका विषय उठाएर आक्रमण मात्र नगर्न आग्रह गरे । उनले वैद्य र विप्लवलाई सहयोद्धा भन्दै आफूलाई धेरै नचिमोट्न आग्रह गरे । ‘मैले गर्न खोज्दाखोज्दै पनि भइरहेको छैन र मैले गरेका राम्रा कामलाई तपाईंहरुजस्ता साथीहरुले हिजोका सहयोद्धा, मलाई लाग्छ अब आजका पनि सहयोद्धा हुने बाटोमै छौं हामी । मलाई धेरै चिमोटेर केही फाइदा छैन’, उनले भने ।

प्रचण्डले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता उपलब्धीलाई केही पनि होइनन् भन्ने रुपमा चर्चा गर्न नहुने बताए । प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षा, समावेशीता जस्ता राजनीतिक उपलब्धीलाई निरंकुश बुटले कुल्चिन खोजेकाको विरुद्ध मिलेर विद्रोह गर्नुपर्ने बताए । अब पनि अलग बसे प्राप्त भएका उपलब्धी पनि गुम्नेतर्फ उनले सचेत गराए । ध्रमाक्र्स, एंगेल्स, लेनिन, माओ सबैले भनेको के हो ? समान्ती राजतन्त्रभन्दा संवैधानिक राजतन्त्र प्रगतिशलि हुन्छ । संवैधानिक राजतन्त्र भन्दा बुर्जुवा गणतन्त्र प्रगतिशील हुन्छ, बुर्जुवा गणतन्त्रभन्दा समाजवादी गणतन्त्र प्रगतिशील हुन्छ भन्ने व्याख्या होइन ? अलिकति भएको उपलब्धीलाई केही पनि होइन भन्ने अनि एक्लै बसेर हुन्छ त ?’, प्रचण्डले भने ।

प्रचण्डले संविधान निर्माण गर्ने बेलामा यो भन्दा बढी उपलब्धी प्राप्त नहुने भएपछि आठ बुँदामा आफनै नाममा ‘नोट अफ डिसेन्ट’ लेखेको बुझिदिन आग्रह गरे । उनले आफू एक हप्ता वा १० दिनसम्म बहस गर्न तयार रहेको र एकताका लाथि इमान्दारीपूर्वक प्रतिबद्धता गरेको उल्लेख गरे । ‘वैज्ञानिक समाजवादका निम्ति, साम्यवादका निम्ति लड्न म तयार छु । तपाईंहरु सँगै । मेरो विचारमा म लडिराखेको छु, तपाईंहरुका विचारमा तपाईंहरु पनि लडिरहनु भएको छ । को चाहिं साँच्चै लडिराखेको हो त्यसको सास्त्रार्थद्वारा निस्कर्ष निकालौं’, उनले भने, ‘मलाई लाग्छ हामी एक ठाउँमा आउँछौं । आउनैपर्छ । मत खुसी छु । साथीहरु सबै आइत राख्नुभएको छ । कहाँ जानुभएको छ र ? भाषा पनि मेरै छ, तर्क पनि मेरै छ, तरिका पनि मेरै छ । अनि म अर्को ठान्छु त तपाईंहरुलाई ? त्यसकारण चिन्ता नगरांैं, हामी एक ठाउँमा हुनैपर्छ । मेरो तर्फबाट त्यसमा इमान्दारीपूर्वक प्रस्तुत हुने प्रतिबद्धता गर्दछु ।’

प्रचण्डले प्रतिक्रियावादी देशी विदेशीले नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको आधिकारलाई फेरि एकचोटि कुल्चिने दुस्साहस गरिराहेको आरोप लगाए । उनले मुलुकको अवस्थाले आफू चिन्तित, आक्रोशित र आन्दोलित अवस्थामा हरेको बताए । ‘हामीले राजनीतिक हिसाबले सामन्ती तन्त्रविरुद्ध विजय हासिल गरेकै हो । तर, राष्ट्रिय स्वाधीनताको आन्दोलन पूर्ण भएको छैन । हामीले अझै लड्न बाँकी छ’, प्रचण्डले भने । प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादी र हिजोका समान्ती तत्वको जोड माओवादी आन्दोलनले ल्याएका उपलब्धी ध्वस्त पार्न तथा माओवादी आन्दोलनले तयार पारेको नेतृत्वको टिम, त्यसमध्ये पनि एक नम्बरमा आफूलाई कसरी निस्तेज पार्ने भन्नेमा जोडबल लगाइरहेको बताए ।

‘देशभित्र र बाहिरका प्रतिक्रियावादी र हिजोका समान्ती तत्वको जोड माओवादी आन्दोलनले ल्याएका उपलब्धीलाई के गरी ध्वस्त पार्न सकिएला र माओवादी आन्दोलनले तयार पारेको नेतृत्वको टिम, त्यसमध्ये अहिले पनि एक नम्बरमा प्रचण्ड नै छ । यो प्रचण्डलाई कसरी निस्तेज पार्ने होला भन्ने नै सबैको ध्यान छ । भ्रममा कोही नरहनुहोला । मभित्र फेरि पनि एक किसिमको आवेग र आक्रोश छ । नेपालको स्वतन्त्रतामाथि, नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोल्छन् भने नेपाली जनतालाई फेरि एकचोटि विद्रोह गर्ने अवस्था हुन्छ’, प्रचण्डले भने ।

उनले शान्तिपूर्ण जनविद्रोहमार्फत देशी–विदेशीका ष्डन्त्र परास्त गरिने बताए । शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकने अवस्था नेपालमा मात्र रहेको चर्चा गर्दै उनले हिजोका माओवादीहरु एक ठाउँमा उभिने हो भने शान्तिपर्ण जनआन्दोलन गर्न सकिने विश्वास व्यक्ति गरे । ‘त्यसलाई कलरफूल रिभोल्युसन भन्ने गरिन्छ आज भोलि, (रंगनि क्रान्ति) । लाखौं, करोडौं जनता सडकमा ल्याएर क्रान्ति’, प्रचण्डले भने ।

उनले जनताको ठूलो बलिदानबाट प्राप्त गरेको उपलब्धी निमोठ्ने र नेपाललाई आफ्नो कब्जामा राख्ने सोचेको भए १० वर्षे जनयुद्धमा, १९ दिनको आन्दोलनमा, मधेसी, जनजाति, मुस्लिम, महिला आदोलनले उठाएको जागरणलाई एक ठाउँमा ल्याएर आन्दोलन गर्ने र प्रतिक्रियावादी षड्यन्त्र असफल पार्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us