एमाले ब्युँतिएपछि ईश्वर पोखरेलको बढुवा, विष्णु पौडेल घटुवामा

काठमाण्डु टुडे २०७७ फागुन २५ गते १०:२३ मा प्रकाशित

काठमाण्डु, २५ फागुन–सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी पनि पूर्ववत जिम्मेवारीमा फर्किएका छन् ।

एमाले र माओवादी एकीकरण हुँदा महासचिवबाट सचिवालय सदस्यमा खुम्चिएका ईश्वर पोखरेलले पूर्ववत महासचिवकै जिम्ेमवारी पाएका छन् ।

उप–महासचिवबाट शक्तिशाली कम्युनिष्ट पार्टीको महासचिव भएका विष्णु पौडेल भने पुनः उप–महासचिवमै झरेका छन् । केपी ओली सरकारका पोखरेल विनाविभागीय उपप्रधानमन्त्री र पौडेल अर्थमन्त्री छन् । नेकपा विभाजनले दुई ओली समूहमै लागेका थिए ।

यस्तै झलनाथ खनाल र माधव नेपाल वरिष्ठ नेता तथा वामदेव गौतम, युवराज ज्ञवाली, भीमबहादुर रावल र अष्ठलक्ष्मी शाक्य उपाध्यक्ष, विष्णु पौडेल र घनश्याम भुसाल उप–महासचिव तथा सचिवहरु प्रदीपकुमार ज्ञवाली, गोकर्ण विष्ट, योगेशकुमार भट्टराई, भीम आचार्य र पृथ्वीसुब्बा गुरुङ स्वतः सचिवको जिम्मेवारीमा फर्किएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us