
२४, फागुन– संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको नेतृत्वमा मोरङमा नेकपा एमालेको जिल्ला पार्टी कार्यलय स्थापना गरिएको छ ।
सोमबार मन्त्री ढकालसहितका मोरङका नेता, कार्यकर्ताले पार्टी कार्यलय स्थापना गर्दै नेकपा एमालेको बोर्ड राखेका हुन् । बोर्डभन्दा माथि प्रधानमन्त्री केपी ओलीको प्रतिमा राखिएको छ ।
मोरङस्थित् मदन स्मृति भवनमा एमालेको पार्टी कार्यालय स्थापना गरिएको हो । सर्वाेच्च अदालतको फैसलापछि विघटित नेकमा एमाले ब्यँुताउन नेकपा ओली पक्ष सक्रिय देखिएको हो ।
यस अघि नुवाकोट र पर्वतमा पनि एमालेको कार्यालय पुनःस्थापना गरिएको थियो ।