अर्थमन्त्री पौडेलद्वारा ओली सरकार ढल्न लागेको स्वीकार

काठमाण्डु टुडे २०७७ फागुन २० गते १७:०७ मा प्रकाशित

रुपन्देही, २० फागुन– अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले सरकार ढल्न लागेको संकेत गरेका छन् ।

रुपन्देहीको तिलोत्तमामा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकार गिराउने षड्यन्त्र अघि बढेको बताए । पौडेलले नेकपाकै नेताहरु ओली सरकार ढाल्न रातारात अँध्यारा कोठामा तानाबाना बुन्न व्यस्त रहेको बताए ।

त्यस क्रममा कहिले देउवा र कहिले जसपाका नेताहरुसँग वार्ता गरिरहेको उनको भनाइ थियो । पौडेलले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा जारी गरेपछि ओली सरकारविरुद्ध षड्यन्त्र सुरु भएको आरोप लगाए ।

नेकपाको प्रचण्ड–नेपाल समूह, काँग्रेस र जसपाबीच नयाँ सत्ता समीकरणको सहमति हुनै लागेका बेला पौडेलले सरकार ढाल्ने खेल अघि बढेको बताएका हुन् । सर्वोच्च अदालतले गत ११ फागुनमा प्रतिनिधिसभा पर्नस्थापना गरेपछि नैतिकताका आधारमा काँग्रेस, प्रचण्ड–नेपाल समूह, जसपालगायत राजनीतिक दल र नागरिक अगुवाले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए ।

तर, ओलीले प्रतिनिधिसभा पुर्नस्थापना सामान्ष्य परिघटना भन्दै नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने कारण नहरेको बताउँदै आएका छन् । ओलीले संसदमै अविश्वास प्रस्ताव फेस गर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us