प्रचण्ड–नेपाल समूहद्वारा सुवास नेम्वाङसहित ७ नेतामाथि कारबाही

काठमाण्डु टुडे २०७७ फागुन १९ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– नेकपा प्रचण्ड–नेपाल पक्षले केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय अनुमोदन गरेको छ ।

केन्द्रीय समितिको बुधबारको बैठकले ओली समूहका उपनेता सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई निष्काशन गरेको छ ।  ओलीले केही दिनअघि प्रमुख सचेतकमा नियुक्त गरेका विशाल भट्टराई, ओलीका प्रेस सल्लाहकार सूर्य थापा, महेश बस्नेत, सचेतक शान्ता चौधरी, सहरी विकासमन्त्री प्रभु साह र कर्ण थापालाई निलम्बन गरेको छ । ]]

पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेकाले उनीहरुमाथि कारबाही गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रचण्ड–नेपाल समूहले केन्द्रीय समितिको बहुमतले गरेको कारबाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराउने भएको छ ।

यसअघि ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट हटाएको थियो । तर, निर्वाचन आयोगले उक्त निर्णयलाई मान्यता दिएको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us